बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • कब्जा गरेका युक्रेनी सहरमा रुसले पासपोर्ट बाँड्न थाल्यो

कब्जा गरेका युक्रेनी सहरमा रुसले पासपोर्ट बाँड्न थाल्यो

  • आइतवार, जेष्ठ २९, २०७९
कब्जा गरेका युक्रेनी सहरमा रुसले पासपोर्ट बाँड्न थाल्यो

रुसले दक्षिण युक्रेनमा कब्जा गरेका दुई सहरहरू खेरसन र मेलिटोपोलका स्थानीयहरूलाई रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई तीव्रता दिइरहँदा युक्रेनले भने रुसको यो कदमको भर्त्सना गरेको छ ।

रुसी समाचार एजेन्सी तासले शनिबार एक समारोहबीच २३ जना खेरसनका नागरिकलाई रुसी पासपोर्ट वितरण गरेको जानकारी दिएको छ । समाचार एजेन्सीले हजारौँले रुसी पासपोर्टका लागि निवेदन दिएको दाबीसमेत गरेको छ ।

खेरसनमा रुसले नियुक्त गरेको गभर्नर भोलोदिमिर साल्डोले चाँडोभन्दा चाँडो ‘खारसेनका सबै कमरेड’ हरूले पासपोर्ट र रुसी नागरिकता प्राप्त गर्ने बताए । युक्रेनले भने रुसको यो कदम कानुनीरुपमा शून्य मानिने बताएको छ ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार