बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • देश
  • शौचालयमा लडेर महिलाको मृत्यु

शौचालयमा लडेर महिलाको मृत्यु

  • आइतवार, जेष्ठ २९, २०७९
शौचालयमा लडेर महिलाको मृत्यु

काठमाडौं– शौचालयमा जाँदा लडेर बेहोस भएकी महिलाको मृत्यु भएको छ। शनिबार साँझ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित टहरामा बस्ने रामेछाप उमाकुन्ड गाउँपालिका–५ की ४९ वर्षीया सुशीला खड्काको मृत्यु भएको हो।

गए राति उनी शौचालयमा जाँदा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन्। उनकी बहिनीले लडिरहेको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको थियो। उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार