• होमपेज
  • समाचार
  • एमाले नेता थापाको निधन

एमाले नेता थापाको निधन

  • आइतवार, जेष्ठ २९, २०७९
एमाले नेता थापाको निधन

पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो ।

२०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेको आफ्नै निवासमा निधन भएको हो ।

थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यसमेत रहेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

चर्चामा

सम्बन्धित समाचार