• होमपेज
  • समाचार
  • प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न सेनाको टोली खटियो

प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न सेनाको टोली खटियो

  • शनिबार, जेष्ठ २८, २०७९
प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न सेनाको टोली खटियो

नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको उद्धार टोली खटिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार नेपाली सेनाको हेलिकप्टरले रेञ्जर गणको उद्धार टोलीलाई ककनी गाउँपालिका–७ मा छोडेर फर्केको छ । सेनाको टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका बेलकोट गढी नगरपालिका–१२ का माइला विकलाई त्यहाँबाट उद्धार गर्नेछ ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार नेपाली सेनाको उद्धार टोली विकको उद्धार गर्न प्रसारण लाइनको खम्बामा चढेका छन् ।

नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन मानेका छैनन् ।

उनी प्रसारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रसारण लाइनमा विद्युत प्रवाह रोकेको छ । त्यसका लागि त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार