बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • आफ्नै मामाको हत्या आरोपमा सर्लाहीमा युवक पक्राउ

आफ्नै मामाको हत्या आरोपमा सर्लाहीमा युवक पक्राउ

  • शनिबार, जेष्ठ २८, २०७९
आफ्नै मामाको हत्या आरोपमा सर्लाहीमा युवक पक्राउ

जनकपुरधाम — सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

रविलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार