शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • नेपाल–भारतको सीमा समस्या बारे छलफल

नेपाल–भारतको सीमा समस्या बारे छलफल

  • शनिबार, जेष्ठ २८, २०७९
नेपाल–भारतको सीमा समस्या बारे छलफल

नेपाल–भारतको सीमा समस्यालाई लिएर नेपाल भारत खुला सीमा संवाद समूहले नेपालगञ्जमा एक कार्यक्रम आयोजना गरेको छ । समूहका केन्द्रिय सयोजक राजीव झाको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज–रुपैडिया जनसम्बन्ध विषयमा छलफल भएको थियो । नेपालतर्फका नेपालगञ्ज र भारततर्फका रुपैडियाका जनताले भोगेका समस्याका बारेमा वृहत् छलफल भएको संयोजक झाले बताए ।

छलफलमा दुवै देशका पत्रकार, समाजसेवी, नेतागणहरु तथा जनप्रतिनिधिको उपस्थिति थिए । नेपाल जडीबुटी व्यवसायी संघ बाँकेका प्रतिनिधिले नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भोग्नु परेको बताउँदै यहाँका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरी पैठारी भई रहेको, भारतमा नेपाली गाडीहरूले सहज पास पाउन नसकेको जस्ता समस्या रहेको बताएका थिए ।

नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले दुवै राष्ट्रको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नु पर्ने बताएका थिए । उनले सीमा भिडभाड कम गर्न रिक्साको आवात जावतमा रोक लगाइएको बताए । त्यस्तै कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले दुवै पक्षीय समस्याका लागि समिति बनाएर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।

उनले दुवैतर्फ समितिका सदस्य भएमा कसैलाई समस्या परेको बेला उनीहरूबाट मद्दत लिन सकिने बताए । साथै उनले यस्ता कार्यक्रम ३/३ महिनामा हुनु पर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा सामाजिक अभियन्ता विनोद अग्रहरीले नेपालगञ्जका होटल व्यवसायी र घरधनीले घर तथा कोठा भाडामा दिँदा अनिवार्य रूपमा परिचयपत्रको नियम लागू गर्नुपर्ने सुझाव दिए ।

दुवै देशबीच सामाजिक, सांस्कृतिक, रीतिरिवाज, रहनसहनको समानता भएका कारण त्यसलाई न खलबलाई समस्या सुल्झाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुपर्ने उनले बताए ।राताेपाटीबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार