शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • भैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

भैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

  • शनिबार, जेष्ठ २८, २०७९
भैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन । होटल मालिकले केही पैसा पनि हराएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको प्रहरीलाई बताए ।

प्रारम्भिक अनुसन्धानमा त्यस्तै देखिएको तर घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार