शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बर्दियामा ठुलो बाबुबाट भतिजी बलात्कृत

बर्दियामा ठुलो बाबुबाट भतिजी बलात्कृत

  • शनिबार, जेष्ठ २८, २०७९
बर्दियामा ठुलो बाबुबाट भतिजी बलात्कृत

बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार