बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • आगोले जलेकी कुवँरलाई साउँदद्धयको पहलमा आर्थिक सहयोग

आगोले जलेकी कुवँरलाई साउँदद्धयको पहलमा आर्थिक सहयोग

  • शुक्रबार, जेष्ठ २७, २०७९
आगोले जलेकी कुवँरलाई साउँदद्धयको पहलमा आर्थिक सहयोग

बाजुरा — बाजुरा बुढिगंगा नगरपालिका १० की आगोले जलेर घाइते भएकी २३ वर्षकी लोकशरी कुवँरलाई आर्थिक सहयोग जुटेको छ । प्रवासमा बस्ने राहुल साउँद र हरिस साउँदको पहलमा   ८ हजार रुपैया आर्थिक सहयोग गरेका हुन ।
बुढिगंगा नगरपालिका वडा न १० घर भई हाल प्रवासमा बस्दै आएका राहुल र हरिसले बडिमालिका खवरमा आर्थिक अभावमा कुवँर भन्ने समाचार सम्प्रेशण भएको देखेपछी बिभिन्न ब्यक्तीहरुबाट रकम संकलन गरी नेपाल पठाएको बताएका छन ।
आगोले जलेर घाईते भएकी लोकशरीको हाल पाटन अस्पतालमा उपचार भईरहको छ । कुवरको आगोले ४३ प्रतिशत शरिरको भाग जलेको अस्पतालले जनाएको छ । लोकशरीलाई नयाँ जीवन दिनको लागी उपचारमा दुई वटा संस्था खटिएका छन्। मेडिकल रिह्याबिलिटेशन अर्गनाईजेशन र बर्न भाइलेन्स सरर्भायर नेपाल (बिभीएस नेपाल)ले सहयोग गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार