बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कारुणी तस्बीर : पाटन अस्पतालको बेडमा जलेकी आमा र ५ महिनाको छोराको बेदना

कारुणी तस्बीर : पाटन अस्पतालको बेडमा जलेकी आमा र ५ महिनाको छोराको बेदना

  • बिहिबार, जेष्ठ २६, २०७९
कारुणी तस्बीर : पाटन अस्पतालको बेडमा जलेकी आमा र ५ महिनाको छोराको बेदना

बाजुरा — ललितपुर पाटन अस्पताल बोन वार्डको ५ नम्बर बेडमा आमा र अर्को बेडमा ५ महिनाको छोरा छ । आमा जलेको पिडामा छट्पटाइरहेकि छन । ५ महिनाको छोरा युकेश कुवर आमाको माया र दुध नपाएर रोइरहेकि छन् । त्यहाँ पुग्दा जसको मन पनि खिन्न हुन्छ, आमा र छोरा अलगअलग बेडमा तड्पिरहेको देख्दा, छोरालाइ आमा सँगै सुताउन नमिल्ने भएपछि दुबैलाई अलग अलग बेडमा राखिएको छ ।
३८ प्रतिशत शरिर जलेकी लोकसरी कुवर शरिरमा संक्रमण घटेको छैन्, उनलाई चिकित्सकले उच्च निगरानिमा उपचार गरिरहेका छन् । आमा घाउको पिडाले छट्पटिरहेकि हुन्छन्, छोरालाइ आमाको माया र दुध खान नपाएर रोइरहेको हुन्छ । सँगै रहेका श्रीमान एकेन्द्र कुवर दुबैको हेरचाह छन् । पहिलो पटक उपचारका लागि काठमाडौ पुगेका एकेन्द्रलाई पनि नयाँ जस्तै लागेको छ । आमाको छाति समेत जलेकोले छोरालाइ ल्याक्टोजिन दुध खुवाइरहेका छन् ।

No description available.
बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर जेठ ३ गते आगोमा जलिन् । खाना पकाइरहेका बेला चुलोमा परेर जलेकि थिईन् । छारेरोग बाट पिडित उनि खाना पकाउदै चुलोमा खसेको धेरै समय पछि घरकाले थाहा पाए । लगत्तै लोकसरीलाई अछामको बयलपाटा अस्पतामा पुयाइयो । अस्पतालले उपचार सम्भब नभएको भन्दै काठमाडौ रिफर गरेको थियो । लोकसरीको परिवार सँग पैसा नभएपछि त्यहाँ केही दिन राखेर उपचार गरेको थियो । आर्थिक अबस्था निकै कमजोर रहेका लोकसरीका श्रीमानले धेरै ठाउँमा हारगुहार गरेर एम्बुलेन्स मार्फत धनगढी पुयाए ।
बुधवार बिहान धनगढी पुयाउएका लोकसरीलाई साझँ ७ बजे बुद्ध एयरको जहाजमा टिकट काटेका थिए । काठमाडौ जानलाई एयरपोट पुगेका लोकसरीलाई जहाजले लिन नमानेर फिर्ता गरेको बिरामी सँग रहेका बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताउनु भयो । चिकित्सकले फिट टु फलाइ भनेर पनि लेखेको थियो धेरै हारगुहार गरयौ, तर बुद्ध एयरलाइन्सको कर्मचारीले बस्ने नसक्ने भन्दै फिर्ता गरेको शाहले वताए ।
धनगढी बिमानस्थलमा कर्मचारीले बोडिङ्ग गर्नलाई समेत बिरामी सहित बोलाए । ५ मिनेट स्टेचरमा बसाउन समेत लगाएका थिए । अन्तमा जहाजमा लिन नमिल्ने गरि फिर्ता पठाएको थियो । बिरामी सँग पैसा नभएपछि काठमाडौ सम्म दुइजनाको हवाइ टिकट स्वास्थ्य संयोजक दिपक शाहले काटनु भएको थियो ।

No description available.
जहाजले लिन नमाने पछि बुधवार राति धनगढिमा एम्बुलेन्स खोजेर ३६ हजार भाडा तिर्ने गरि काठमाडौ पठाएको थियो । १२ गते बिहिवार साझ पाटन अस्पतालमा पुयाएकि कुवरको बिभिन्न सहयोगि संस्था तथा ब्यक्तिको सहयोगमा उपचार शुरु गरिएको छ । आगोले जलेकि बाजुराकी ति महिला आर्थिक अभाबमा समस्या परेकि छन्
बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि थिइन् । लोकशरीको ३२ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
अस्पतालले काठमाडौ रिफर गरेको छ, तर पैसा नहुदा काठमाडौ लिन नसकेको लोकशरीका श्रीमान एकेन्द्र कुवरले वताए । बिभिन्न संस्थाले सहयोग गरेपछि बल्ल काठमाडौ पुयाएर उपचार शुरु भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार