शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डडेल्धुराका एक पुरुष १९ दिनदेखि बेपत्ता

डडेल्धुराका एक पुरुष १९ दिनदेखि बेपत्ता

  • बुधबार, जेष्ठ २५, २०७९
डडेल्धुराका एक पुरुष १९ दिनदेखि बेपत्ता

डडेल्धुराका एक पुरुष १९ दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको आलिताल गाउँपालिका २ गाङ्खेत गाउँका नैनसिंह मडै १९ दिनदेखि बेपत्ता भएका हुन्।

उनका आफन्तका अनुसार सुन्न र बोल्न नसक्ने मडै कञ्चनपुरको झलारी बजारबाट यही जेठ ६ गते डोटीको गैरा बजारका लागि हिँडेका थिए। तर उनी गैरा बजार नओर्लिइ डडेल्धुरा बजारमा ओर्लिएका उनी आएको हाइसका चालकले बताएको मडैका आफन्तले बताएका छन्।

अन्दाजी ५० वर्षीय मडैलाई कहीँ कतै देखे वा फेला पारे नजिकको प्रहरी वा आफन्तको नम्बर ९८४८८२५६४० मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार