बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाज
  • कैलालीका तीन वडाध्यक्षलाई निलम्बनमा गर्न अख्तियारको पत्र

कैलालीका तीन वडाध्यक्षलाई निलम्बनमा गर्न अख्तियारको पत्र

  • बुधबार, जेष्ठ २५, २०७९
कैलालीका  तीन वडाध्यक्षलाई निलम्बनमा गर्न अख्तियारको पत्र

भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको हो।

अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ। अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो।

यस्तै मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरीलाई पनि मुद्दा टुंगो नलागेसम्म निलम्बनमा परेका छन्। अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ।

चर्चामा

सम्बन्धित समाचार