शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • जनकपुरमा एक सातादेखि हराएका बालक मृत भेटिए

जनकपुरमा एक सातादेखि हराएका बालक मृत भेटिए

  • मङ्लबार, जेष्ठ २४, २०७९
जनकपुरमा एक सातादेखि हराएका बालक मृत भेटिए

जनकपुरधाम — धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् ।

१७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए । ‘शव ३० प्रतिशत जति सडेको अवस्था छ’ उनले भने, ‘बाँकी अनुसन्धान गरिरहेका छौं ।’

मृत बालकको शवलाई पोष्टमार्टमका लागि काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए ।

सर्लाहीको कविलासी नगरपालिका ७ घर भएका घुमन्ते समुदायका बालकको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार