काठमाडौँ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ६४ पैसा र बिक्री दर १५६ रुपैयाँ ३९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९४ पैसा र बिक्री दर ३४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।