बिहिबार, असार ४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ‘हटाइएका’ मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले भने, ‘चार बजेको क्याबिनेटमा आउनुहोला’

‘हटाइएका’ मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले भने, ‘चार बजेको क्याबिनेटमा आउनुहोला’

  • सोमवार, जेष्ठ २३, २०७९
सेयर गर्नुहोस् :
‘हटाइएका’ मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले भने, ‘चार बजेको क्याबिनेटमा आउनुहोला’

नेकपा एकीकृत समाजवादी पार्टी नेपालले मन्त्रीबाट हटाइएका चारजनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएर मन्त्रीपरिषद्को बैठकमा आउन आग्रह गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएर निर्णय गरेको थियो । उनीहरुलाई फिर्ता बोलाएर भवानी खापुङ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्रीमा पठाउने पार्टीले निर्णय गरेको छ ।

आज नयाँ मन्त्रीहरुले शपथग्रहण हुने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री देउवाले चारजना मन्त्रीलाई बालुवाटारमा बोलाएर अहिले मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन आग्रह गरेको नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले रातोपाटीलाई बताए ।

‘तपाईंहरु आज चार बजेको बैठकमा आउनु होला, र बजेटको बारेमा संसदमा उठेको विषयमा राम्रोसँग जवाफ दिनु होला,’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै आलेले रातोपाटीलाई बताए । सबै मन्त्रीहरु तत्कालै पदबाट नहट्ने भनि ढुक्क भएर बालुवाटारबाट फर्केका छन् ।

चर्चामा

सम्बन्धित समाचार