आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • शिक्षा
  • शैक्षिक सत्रको एक महिना वितिसक्दा सम्म पनि बाजुरामा पाठ्यपुस्तकको अभाब

शैक्षिक सत्रको एक महिना वितिसक्दा सम्म पनि बाजुरामा पाठ्यपुस्तकको अभाब

  • सोमवार, जेष्ठ २३, २०७९
शैक्षिक सत्रको एक महिना वितिसक्दा सम्म पनि बाजुरामा पाठ्यपुस्तकको अभाब

बाजुरा — बाजुरामा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएको बिद्यालयले जनाएका छन् ।
बाजुरामा ५१ हजार ५ सय ३७ जना बिद्यार्थी रहेका छन् । बिद्यार्थीलाई आबश्यक पाठ्यपुस्तक ३४ लाख ९ हजार ६ सय १० सेट रहेको छ । अहिले २५ प्रतिशत मात्र पाठ्यपुस्तक बाजुरामा पुगेको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका सुचना अधिकारी रमेश बहादुर जनालले वताएका छन् । पाठ्यपुस्तक नहुदा पठनपाठनमा निकै समस्या भएको जनालले वताए ।
शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भए पनि किताब नहुँदा पठनपाठन गर्न नसकिएको जगन्नाथ गाउँपालिकाले जनाएको छ । “शैक्षिकसत्र जेठ ३ गतेबाट सुरु भएको हो, विद्यार्थी भर्ना अभियान पनि सकिएको छ तर पाठ्यपुस्तक नपाउदा पठनपाठनमा समस्या भएको छ, शिक्षक धन बहादुर बोहोराले वताएका छन् ।
सामुदायिक विद्यालयले पुराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिए पनि कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको छ । बाजुराको सदरमुकाम मार्तडी रहेको बडिमालिका नगरपालिका पनि ३० प्रतिशत पाठ्यपुस्तक पुगेको डेल्टा स्टोरका सञ्चालनक चन्द्र खातिले वताएका छन् । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा बिद्यालयलाई दिन नसकेको खातिले वताए ।
बाजुराका दुर्गम पालिकामा रहेका बिद्यालयमा भने एक सेट पनि बिद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । जेठ मसान्त सम्म बिद्यालयमा पाठ्यपुस्तक नपुगे बर्षातमा बाटो बन्द भएर ढुवानीमा निकै समस्या हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताए ।
बाजुरामा जिल्ला मात्र नभइ सुदुरपश्चिम भरी नै पाठयपुस्तक अभाब रहेको छ । जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने बताइएको छ । तर जेठ ३ गतेबाट नयाँ शैक्षिकसत्र सुरू भए पनि विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन ।

सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने गरेको भएपनि पुयाउन सकेको छैन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक ध्रुवराज पन्तले भने “हामीले दुर्गम पहाडी जिल्ला बाजुरा र दार्चुलामा आवश्यक पर्ने पुस्तक पठाइसकेका वताएपनि बाजुरामा भने २५ प्रतिशत मात्र पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा यो वर्ष केही ढिलाइ भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार