
धनगढी — धनगढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नम्बर १२ सी गाउँका ३१ वर्षीय शैलेन्द्र रोकाया रहेका छन्।
आइतबार सोही ठाउँको काने खोलामा करेन्टबाट माछा मार्दै गर्दा करेन्ट लागेर उनी घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसनधान भइरहेको बताइएको छ।


