आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट, ३२ जनाको मृत्यु

बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट, ३२ जनाको मृत्यु

  • सोमवार, जेष्ठ २३, २०७९
बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट, ३२ जनाको मृत्यु

एजेन्सी– बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ। अरू कैयौँ घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

घाइतेमध्ये धेरैजसोको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेको खबरमा उल्लेख छ। दक्षिणी सहर सिताकुन्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी रहेका छन्। आगलागीको कारण खुल्न सकेको छैन। विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको बीबीसीले जनाएको छ।

गएको डिसेम्बरमा पनि बङ्गलादेशमा एउटा डुङ्गामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको थियो। यस्तै गएको वर्ष ढाका नजिकैको रूपगञ्जमा एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको ज्यान गएको थियो।

चर्चामा

सम्बन्धित समाचार