अर्थजंग शाही/ बझाङ — बझाङ जिल्ला घर भई हाल काठमाण्डौमा बसोबास गर्ने दुई जनाले जिल्लाको शैक्षिक क्षेत्रको बिकाशका लागि छात्रबृत्ति कोषको स्थापना गरेका छन । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका-४ घाटखोला घर भई हाल काठमाडौं बस्दै आएका अरुण कुमार रोकाया र खप्तडछान्ना गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्दै आएका कृष्ण प्रसाद जोशीको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि यहाँका विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना गरेका हुन ।
गरीब परिवारका जेहेन्दार र लगनशील विद्यार्थीलाई पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थापित ‘छात्रवृत्ति कोष’ का लागि उनले सहयोग गर्ने जनाएका छन ।