शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दामा ४ बर्षदेखी आकस्मिक प्रसुति सेवाको बजेट आउदै, फिर्ता हुदै

बुढिनन्दामा ४ बर्षदेखी आकस्मिक प्रसुति सेवाको बजेट आउदै, फिर्ता हुदै

सेवा सञ्चालन नआउदा असार यतामात्र २८ जना गर्भवती रिफर

  • शुक्रबार, जेष्ठ २०, २०७९
बुढिनन्दामा ४ बर्षदेखी आकस्मिक प्रसुति सेवाको बजेट आउदै, फिर्ता हुदै

लक्ष्मीराज पाध्याय — कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवाको रकम यो बर्ष पनि फिर्ता हुने अबस्थामा पुगेको छ । बुढिनन्दा नगरपालिकामा यो आर्थिक बर्ष सकिन एक महिना बाकि रहँदा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सञ्चालन हुन सकेको छैन् ।
यो आर्थिक बर्षमा सेवा सञ्चालनका लागि ५४ लाख ३ हजार रकम परिवार स्वास्थ्य महासाखा बाट निकाशा भएको थियो । यो बर्ष पनि सञ्चालनमा नआएर रकम फिर्ता हुने अबस्थामा पुगेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले वताए । आर्थिक बर्ष ०७५।०७६ साल देखी लगातार सेवा सञ्चालनका लागि रकम आइरहन्छ, तर सञ्चालनमा नआएर फिर्ता हुने गरेको स्वास्थ्यकर्मीले वताएका छन् ।
आकस्मिक प्रसुति सेवा स्थापना गर्नका लागि परिवार स्वास्थ्य महासाखाले आर्थिक बर्ष ०७५।०७६ मा २० विनियोजन गरेको थियो । त्यस्तै ०७६।०७७ मा ३० लाख बिनियोजन भएपनि सञ्चालन नभएर रकम फिर्ता भएको स्वास्थ्य सहसंयोजक आमेजंग शाहिले वताएका छन् ।
आर्थिक बर्ष ०७७।०७८ मा ४९ लाख रकम विनियोजन भएको थियो । २०७८ साल जेठ देखी मंसिर सम्म डा. अशोक प्रसाद खनाललाई नियुक्ति गरेको थियो । खनाललाई मासिक २ लाखले तलब दिएको भएपनि सेवा सञ्चालन नआएर तलब खाएर फिर्ता भएका थिए । ४९ लाख मध्ये १० लाख तलबमा खर्च गरेको बाँकि रकम भने अघिल्लो आर्थिक बर्षमा फिर्ता पठाएको थियो ।
एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने रहेको छ । स्वास्थ्य केन्द्रमा नत चिकित्सक व्यबस्थापन भएको छ, न अन्य व्यब्स्थापन नभएकाले सेवा सञ्चालन नभएको स्थानियले वताएका छन् ।
बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई लक्षित गरि सरकारले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य रहेको थियो । सेवा सञ्चालनमा नहुँदा त्यो क्षेत्रमा जटिल खाले सुत्केरीका लागि निकै सास्ति भोग्नु परेको स्थानिय गोरख सार्कीले वताएका छन् । सदरमुकाम मार्तडीमा सेवा लिन जानु पर्ने बाध्यता रहेको उनले थपे ।
सेवा सञ्चालन नआउदा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा लिन आएका मध्ये २८ जनालाई रिफर गरेको थियो । २ सय ४९ जना महिलाले भने त्यहि सेवा पाएका थिए । बाजुारमा पछिल्ला तीन वर्षमा बाजुरामा ८ जना सुत्केरीले समयमै उपचार नपाएर ज्यान गुमाएको स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक छ । मृत्यु भएका ८ जनामध्ये ६ जनाकोे स्वास्थ्य संस्थामा, एकजनाको घरमा र एक जनाको धनगढी लैजाँदै गर्दा बाटामो मृत्यु भएको थियो ।
आर्थिक बर्ष ०७६।०७७ मा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहिलाई उनलाई परिवार कल्याण महासाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो । उनले ७० दिनको तालिम सेति अञ्चल अस्पतालमा लिएका थिए । नगरपालिका र डा. शाहि बिच तलबमा कुरा नमिल्दा उनले जाखिर छोडेर नेपालगञ्ज गएका थिए ।
स्थानिय भन्छन्, अब नयाँ जनप्रतिनिधि विजय भएर आएका छन्, अब केही हुन सक्ने आस रहेको वताउँछन् । यो आर्थिक बर्षमा सञ्चालनमा नल्याउन सकेपनि अर्को आर्थिक बर्ष बाट भने सेवा सञ्चालन हुने आश रहेको स्थानिय बिस्न कार्कीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार