उडिया फिल्मकी अभिनेत्री वर्षा प्रियदर्शिनी तथा उनका श्रीमान् बीजेडी सांसद अुनभव मेहन्तीको सम्बन्धविच्छेद यतिबेला चर्चामा छ । अनुभव अभिनेताबाट सांसद बनेका हुन् । सोसल मिडियामा पनि यी दुईको नीजि कहानी भाइरल भइरहेको छ । अनुभवका अनुसार विवाहको यत्तिका वर्ष बितिसक्दा पनि यी दुईबीच यौनसम्बन्ध स्थापित हुन सकेको छैन । श्रीमतीले उनलाई छुनसमेत नदिने उनले बताएका छन् । अनुभवले यो सबै कुरा सोसल मिडियामा पनि पोस्ट गरेका छन् । सम्बन्धविच्छेलको यो मुद्दा यतिबेला उडिसा उच्च अदालतमा चलिरहेको छ ।
यस्तै, वर्षाले पनि आफ्ना श्रीमानमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छिन् । वर्षाले अनुभवका साथीहरु रक्सी पिउन घरमा आउने गरेको र यस्तो नगर्न भन्दा उनीमाथि कुटपिट हुने गरेको पनि आरोप लगाएकी छिन् । यसका साथै वर्षाले अनुभवको अन्य महिलासँग पनि अफेयर भएको आरोप लगाएकी छिन् ।
त्यसपछि अनुभवले सेप्टेम्बर २०२० मा सम्बन्धविच्छेदका लागि दिल्लीमा एक याचिका दायर गरेका थिए जसको सुनुवाई हाल चलिरहेको छ ।
२६ मे २०२२ मा अभिनेत्री वर्षाले उच्च अदालतमा एक याचिका दर्ता गरेकी थिइन् जसमा उनले अनुभवले उनीविरुद्ध कुनै पनि बयानबाजी वा भिडियो पोस्ट गर्न नपाउने माग गरिएको थियो । उच्च अदालतले यो मामिलामा सुनुवाई गर्दै दुबैले कुनै पनि मञ्चमा एक–अर्काविरुद्ध बयान वा भिडियो पोस्ट नगर्न आदेश दिएको थियो । सम्बन्धविच्छेदको सुनुवाई कोर्टमा पूरा नभएसम्म यो आदेश लागू हुने पनि बताइयो । यसको अर्को सुनुवाई ४ जुलाईमा हुनेछ ।
वास्तवमा एउटा भिडियोमा श्रीमानले भनेका थिए, ‘हाम्रो विवाह भएको यत्तिका वर्ष बितिसकेको छ तर हामीबीच सेक्स भएको छैन । अब तपाईंहरु नै भन्नुहोस् कि कोही श्रीमान्ले कति दिनसम्म कुर्ने ?’एजेन्सी