शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • वैवाहिक बर्षगाठको अवसरमा सुनार दम्पतीद्धारा वुढीनन्दा ४ का धामीको परीवारलाई खाद्यान्न सहयोग

वैवाहिक बर्षगाठको अवसरमा सुनार दम्पतीद्धारा वुढीनन्दा ४ का धामीको परीवारलाई खाद्यान्न सहयोग

  • शुक्रबार, जेष्ठ २०, २०७९
वैवाहिक बर्षगाठको अवसरमा सुनार दम्पतीद्धारा वुढीनन्दा ४ का धामीको परीवारलाई खाद्यान्न सहयोग

जंग रावल — बैबाहीक बर्षगाठको अवसरमा बुढिगंगा नगरपालिका वडा न ७ बाह्बीसका कृष्ण सुनार र सुचना सुनारले बुढिनन्दा नगरपालिका वडा न ४ की आर्थिक अभावमा रहेका धामी परिवारलाई खाध्यान्न सहयोग गरेका छन । बाजुराको वुढीनन्दा नगरपालिका वडा नं चार कुरुका स्थानिय कला धामीको परीवारलाई आर्थिक अभाव समाचार बडिमालिका खवरमा प्रकाशन पछि सुनार दम्पतीले सहयोग गरेको हुन ।
सुनार हाल नाइजेरियामा बसोबास गर्ने र बडिमालिका खवरमा आर्थिक अभावको समचार सम्प्रेशण गरेको देखेपछी सहयोग ५ हजार बराबरकाे  खाध्यान्न गरेको बताएका छन ।
आर्थिक अवस्था कमजोर भएकि धामीको परीवारलाई आफु संगै छोरीको पालन पोषणमा समस्या भएको भन्ने खवर पछि केही दिनको समस्या टार्नका लागि आपलुले सहयोग गरेको उनले बताएका छन । दुई वर्ष अगाडी श्रीमान गुमाएकी २५ वर्षिया धामीको परीवारमा रोजगारी र कमाई गर्ने जीम्मेवारी ब्यक्ति नहुँदा दैनिकि गुजारा गर्न समस्या भएको कला धामीले बताएकी छन ।
धामीको परीवारले आर्थिक संकट संगै साझँ विहान छाक टार्न समेत समस्या भएको गुनासो पोखेका धामीले बताएकी छन । मुटु रोगले ग्रसित वनेका श्रीमानलाई आर्थिक अभावका कारण समयमा उपाचर गर्न नसकेर अकालमा मृत्यु भएको धामीले बताएकी छन। श्रीमान हुदा जसो तसो घर ब्यवहार चलेको थियो, छोरीको पालन पोषणमा समस्या थिएन, हाल बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको उनले बताइन् । दैनिक ज्याला मजदुर गरेर भए पनि श्रीमानले घर चलाएको स्मरण गर्दै धामीले श्रीमानको मृत्यु पछि छोरीको पालन पोषण देखि पढाई लेखाई सम्म सवै जीम्मेवारी आफ्नो काधँमा आए पनि कमाई नुहदा समस्या भएको उनले बताएकी छन ।
खेतिपातीका लागि प्रयाप्त जग्गा जमिन पनि नभएको र भएको जमिनमा खेति गर्न पनि आफन्तको साहारा लिनु पर्ने उनको गुनासो रहेको छ । १३ वर्षमा विवाहा वन्धनमा वाधिँनु भएका धामीका अहिले चार वटा छोरी रहेका छन । जेठी छोरीमा कान नसुन्ने समस्या रहेको धामीको भनाई छ ।
करीव चार वर्षको हुँदा कान नसुन्ने समस्या भएको छोरीको आर्थिक अभावका कारण अहिले सम्म पनि उपचार गर्न नपाएको उनको दुखेसो पोखेकी छन । अर्को छोरी आफन्तको घरमा वस्दै आएकि धामीले बताएकी छन । दैनिकि ज्याला मजदुर गरी परीवारको गुजारा चलाउदै आउनुभएका धामीले छोरीको पढाई लेखाई र पालन पोषण गर्न नसक्ने भन्दै आफन्तको जीम्मा लगाएको धामीले बताइन ।
हिले आफु संग ३ वटा छोरी र एउटा साशु रहेको र घर खर्च र छोराछोरीको पढाइ खर्च चलाउन समस्या भएको उनले बताएकी छन । दैनिक ज्याला मजदुर गरेर परीवार पाल्दै आए पनि काम नपाउँदा परीवार पाल्न सकस भएको धामीले बताएकी छन । आर्थिक अभावले छोरीको पढाई लेखाई र पालन पोषणमा समस्या भएको भन्दै धामीले सहयोगको अपेक्षा गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार