बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढीगंगा ९ का १६ बर्षीया युवा मृत्त फेला

बाजुराको बुढीगंगा ९ का १६ बर्षीया युवा मृत्त फेला

  • शुक्रबार, जेष्ठ २०, २०७९
बाजुराको बुढीगंगा ९ का १६ बर्षीया युवा मृत्त फेला

बाजुरा– बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए ।
काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल हिक्मत्त शाहीले जानकारी दिए ।
मृतकका अंकल शाहीका अनुसार आफुले जेठ १८ गते काँडाधारी सनसिटी स्थित सुमन श्रेष्टले संचालन गरेको पासा मोटर साईकल वर्कशपमा कामको लागि छोडेर गएको थिए । १९ गते फोन मार्फत मृत्यू भएको खबर आयो ।
खाली जग्गामा घाटीमा सुतली र जुत्ताको डारीले बेरेको अवस्थामा मृत्त अवस्थामा फेला परेकोले त्यसको छानबिनको लागि बौद्ध प्रहरीमा उजुरी दिएको छ ।
निबेदन पछि घटनाको छानबिन गरी दोषिलाई कार्बाहीमा ल्याउन प्रहरीले बताएको छ । छानबिनमा सबैले सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार