शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

  • शुक्रबार, जेष्ठ २०, २०७९
उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

काठमाडौं — उमेर बढाएर वृद्ध भत्ता लिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा शितगंगा नगरपालिका-१३ सिमलपानीका केशबहादुर भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताए।

प्रहरीका अनुसार भाटले नागरिकतामा भएको जन्म मिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ। भाटको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार