शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • अर्थमन्त्रीलाई गगन थापाका ८ प्रश्न, २ सुझाव

अर्थमन्त्रीलाई गगन थापाका ८ प्रश्न, २ सुझाव

  • बिहिबार, जेष्ठ १९, २०७९
अर्थमन्त्रीलाई गगन थापाका ८ प्रश्न, २ सुझाव

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री समक्ष आठ प्रश्न र दुई सुझाव राखेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै थापाले बजेटको आकार, स्रोत व्यवस्थापन, खर्च, पारदर्शिता लगायतका आठ विषयमा जिज्ञासा राखेका थिए ।

कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने स्पिरिटका साथ बजेट ल्याएको भन्दै उनले अर्थमन्त्रीलाई धन्यवाद दिए । त्यसलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले आजैदेखि काम गर्नुपर्नेमा उनले जोड दिए । ‘ऐन, कार्यविधि बनाउने कुरामा खासगरी कृषि मन्त्रालयको संस्थागत क्षमतासँग जोडिएका केही विषयमा अर्थ मन्त्रालयले समयदेखि नै काम गरेन भने बजेटका कार्यक्रम कागजमा सीमित हुने छ,’ उनले भने ।

प्रदेशको सरकारको बजेट अबको १० दिनमा आउने बताउँदै उनले, प्रदेश सरकारसँग कृषि क्षेत्रमा बजेटमार्फत् गर्न खोजेको कामबारे छलफल गर्न उनले सुझाव दिए ।

पूर्वमन्त्री थापाले भने, ‘प्रदेश सरकारलाई बोलाएर, छलफल गरेर यो पटकको डिरेक्सन यो छ । तपाईंहरुले बजेट ल्याउँदै गर्दा एगि्रकल्चरमा यसो गर्नुस्, प्रदेशलाई यो गर्दैछौं, स्थानीय सरकारलाई यो गर्दैछौं भनेर भनेको थाहा छैन । हार्मोनाइज कसरी गर्ने ? यो हार्मोनाइज गरिएन भने थुप्रै कुरा स्थानीय सरकार र प्रदेश सरकारले गर्ने भनेको कुरा यहाँ आएर अडि्कन्छ ।’

बजेटमा उल्लेखित उत्पादन र उपभोग वृद्धि गर्ने कुरा राम्रो भएको भन्दै थापाले यसमा उद्योग मन्त्रालयले नेतृत्व लिनुपर्ने बताए । ‘उद्योग मन्त्रालयले लिड गर्ने, प्रशस्त ठाउँमा छरिएको छ, त्यो सबै छरिएका कार्यक्रमलाई एक ठाउँमा ल्याउने,’ थापाले भने, ‘चाहे त्यो करमा छुट होस्, चाहे त्यो प्रोत्साहन होस्, चाहे त्यो सहज बनाउने कुरा होस् ।’

चर्चामा

सम्बन्धित समाचार