सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको बिभिन्न उपसमिति गठन

बडिमालिका नगरपालिकाको बिभिन्न उपसमिति गठन

  • बुधबार, जेष्ठ १८, २०७९
बडिमालिका नगरपालिकाको बिभिन्न उपसमिति गठन

बाजुरा — बडिमालिका नगरपालिकाले नगरको कार्यहरुमा सहज ल्याउन बिभिन्न उपसमिति गठन गरेको छ । नगर कार्यपालिकाको पहिलो बैठकले नगरपालिकामा बिभिन्न उपसमिति गठन गरिको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले बिभिन्न ७ ओटा निणर्य गरेको पत्रकार सम्मलेन मार्फत सार्बजनिककरण गरेको छ ।
जसमा पहिलो निणर्य स्थानिय तहको निर्बाचन २०७९ सफल पर्ने निर्बाचन आयोग, सुरक्षा निकाय पर्याबक्षेक पत्रकार लगायतलाई धन्यबाद ज्ञापन गर्ने निणर्य गरिएको पत्रकार सम्मेलन मार्फत नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।
त्यसै गरी स्थानीय सरकार संचालनका ऐन २०७४ अनुसार सरकार संचालनका लागि नगर स्थरिय समितिहरु गठन गरिएको प्रबक्ता पाध्यायले बताएका छन ।
सुपरिबेक्षण समितिमा उप प्रमुख नन्दा थापा संयोजक रहने गरी ६ सदस्यि समिति गठन गरिएको छ । त्यसै गरी नगर शिक्षा समितिको संयोजकमा नगर प्रमुख अमर बहादुर खड्का संयोजक रहने गरी ११ सदस्यि समिति गठन गरिएको छ । स्थानिय राजस्व प्ररामर्श समितिको संयोजकमा नन्दा थापा रहने गरी ५ सदस्यि समिति गठन गरिएको प्रबक्ता पाध्याले जानकारी दिएका छन ।
श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिमा नगर प्रमुख अमर खड्काको संयोजकत्वमा ७ सदस्यि समिति गठन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन । त्यसै गरि अन्य समितिहरु पनि गठन गरि आजैको दिन देखी सो कार्यलाई अगाडी बढाईने नगर प्रमुख खड्काले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार