अर्थ जङ शाही/बझाङ– बझाङ्ग जिल्लाको सदरमुकाम चैन्पुरमा पछिल्लो समय सवारीको चाप बढ्दै गईरहेको छ । सवारी साधनको चाप बढे पनि यहाँका मुख्य सडकहरु नै साँघुरा हुँदा जनताहरुले पटक पटक बिभिन्न दुख भोग्दै आएका छन् । सडकमा सामान्य कार्यक्रम,र्यालिको आयोजना गर्दा सडक एक छिनमै जाम हुने गरेको छ ।
सदरमुकाम चैन्पुरमा अझ साँघुरो सडक, त्यसैमा भएका खाल्डाखुल्डीहरुले समते जाम बढ्दै गएको हो । बढ्दो जनसंख्यासंगै सवारी चापले गर्दा सडकमा जाम लगाएत दुर्घटनाको जोखीम बढ्दै गएको छ । जयपुथ्वी नगरपालिका –१० का स्थानियबाँसी सुरेश खत्रीले भने सवारी साधनको चाप बढी रहेका कारण दुर्घटना तथा सडकमा चाप बढ्दै गएको बताए ।
साँघुरा सडकलाई स्तरोउन्नति गरी अहिलेको जनसख्या र सवारी चापलाई मध्यनजर गर्नुको साटो जयपुथ्वी नगरपालिकाले त्यसै सडकलाई बर्षेनि टालटुल मात्रै गर्ने गरेको छ । एक त सानो अनि साँधुरो बाटो, झन् त्यसैमाथि ठूला ठूला मिनिटाटा,टिप्पर रोडमा कुदिरहेका छन्, पार्किङ्ग नगर्ने ठाउँमा पार्किङ्ग गरिएको छ। यस बिषयमा नगरपालिकाले पनि कुनै चाँसो नदिएको चैन्पुरका स्थानियबाँसीहरुको भनाई रहेको छ।