शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • सोमवार, जेष्ठ १६, २०७९
उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

विराटनगर — उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।

मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएकाे हाे । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय मिटरजति तल खसेको थियाे ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार