• होमपेज
  • समाचार
  • हराएको जहाज खोज्‍न स्थलमार्गबाट सुरक्षाकर्मीको टोली पठाइयो

हराएको जहाज खोज्‍न स्थलमार्गबाट सुरक्षाकर्मीको टोली पठाइयो

  • आइतवार, जेष्ठ १५, २०७९
हराएको जहाज खोज्‍न स्थलमार्गबाट सुरक्षाकर्मीको टोली पठाइयो

काठमाडौं —  मौसम खराबीका कारण हराइरहेको तारा एयरको जहाज खोज्न स्थलमार्गबाट नेपाली सेना र प्रहरीको टोली पठाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थलमार्गबाट हराएको जहाज खोजि गर्न नेपाली सेना र नेपाल प्रहरीको टोली खटाएको जनाएको हो ।

आइतबार बिहान मुस्ताङको घोडेपानी क्षेत्रबाट सम्पर्कबिहीन तारा एयरको जहाजको खोजी गर्न स्थलमार्गबाट सुरक्षाकर्मी खटिएका हुन् । आज बिहान ९:५५ बजे जहाज जोमसोमका उडेको थियो। जहाजमा ३ जना चालक दलका सदस्य र १९ जना रहेका छन्।

जहाजमा पाइलट प्रभावकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा छन्। जहाजमा दुई जर्मन नागरिक,चार भारतीय र १३ नेपाली यात्रु रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार