शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा बलात्कृत किशोरी गर्भवती भएपछि प्रहरीमा जाहेरी, आरोपितको खोजी हुँदै

बैतडीमा बलात्कृत किशोरी गर्भवती भएपछि प्रहरीमा जाहेरी, आरोपितको खोजी हुँदै

  • आइतवार, जेष्ठ १५, २०७९
बैतडीमा बलात्कृत किशोरी गर्भवती भएपछि प्रहरीमा जाहेरी, आरोपितको खोजी हुँदै

धनगढी — बैतडीमा एक किशोरीमाथि बलात्कार भएको छ। जिल्लाको मेलौली नगरपालिकाकी अन्दाजी १६ वर्षीया किशोरीमाथि तीन महिना पहिले बलात्कार भएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार किशोरीमाथि गत फागुनमा बलात्कार भएको भन्दै जाहेरी परेको छ। बलात्कृत किशोरी गर्भवती भएको बताइएको छ। उनीमाथि मेलौली नगरपालिका-२ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप छ।

किशोरीका आफन्तको जाहेरीका आधारमा आरोपित चन्दलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी ल्याई खोजी कार्य भइरहेको प्रवक्ता जोशीले बताएका छन्। चन्द फरार रहेका बताइएको छ। उनी गएको स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ।साभार दिनेशखबर । 

चर्चामा

सम्बन्धित समाचार