शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • प्रदेश युवा परिषद् सुदूरपश्चिमले स्थापना दिवसको अवसरमा रक्तदान र खाद्यान्न सहयोग

प्रदेश युवा परिषद् सुदूरपश्चिमले स्थापना दिवसको अवसरमा रक्तदान र खाद्यान्न सहयोग

  • शनिबार, जेष्ठ १४, २०७९
प्रदेश युवा परिषद् सुदूरपश्चिमले स्थापना दिवसको अवसरमा रक्तदान र खाद्यान्न सहयोग

धनगढी — प्रदेश युवा परिषद् सुदूरपश्चिमले स्थापना दिवसको अवसरमा रक्तदान तथा खाद्यान्न सहयोग गरेको छ। युवा परिषद्ले प्रथम स्थापना दिवसको अवसरमा प्रदेशको राजधानी अत्तरियामा रक्तदान र कैलालीको बौनीयास्थित सहारा घरमा खाद्यान्न सहयोग गरेको कार्यकारी उपाध्यक्ष युवराज कँवरले जानकारी दिए।

उनका अनुसार अत्तरियामा युवा परिषद् र सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियाले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। बिरामीको चाप बढ्ने समयलाई ध्यानमा राखेर कैलालीको ब्लड बैंकमा रगतको अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए। यस्तै युवा परिषद्ले वेसहाराको सहारा बनेको सहारा घरलाई १८ हजारको खाद्यान्न सहयोग गरेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार