शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • रूस—युक्रेन द्वन्द्वले हंगेरीमा संकटकाल

रूस—युक्रेन द्वन्द्वले हंगेरीमा संकटकाल

  • बिहिबार, जेष्ठ १२, २०७९
रूस—युक्रेन द्वन्द्वले हंगेरीमा संकटकाल

बुडापेस्ट — रूस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा संकटकाल घोषणा गरिएको छ। नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले नयाँ सरकार गठनसँगै संकटकाल घोषणा गरेका हुन्।

उनले घोषणा गरेको आदेश मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ। संकटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने उनले बताए। रूस र युक्रेनबीचको द्वन्द्व निरन्तर चलिरहेकाले संकटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाइ छ।

दुई देशको द्वन्द्वका कारण आर्थिक संकट बढ्दै गएकाले आर्थिक संकट न्यूनीकरणका लागि संकटकाले सहयोग गर्ने हंगेरीको सरकारले आशा गरेको छ। ती देशको द्वन्द्वका कारण विश्वका अरू पनि धेरै देशमा आर्थिक संकट उत्पन्न हुनुका साथै अभाव र महँगी सिर्जना भएको छ।

चर्चामा

सम्बन्धित समाचार