शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • मोरङमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

मोरङमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

  • बुधबार, जेष्ठ ११, २०७९
मोरङमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर — श्रीमतीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जेठ ६ गते मोरङ जहदा गाउँपालिका– २ बड्की बैरियाकी ३५ वर्षीय गीतादेवी राजभरको हत्या भएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले ४३ वर्षीय श्रीमान दिनेशकुमार राजभरलाई पक्राउ गरेको हो । गीतादेवीको मृत्युपछि फरार भएका उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

घरायसी विवादमा काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ । उनलाई प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार