शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

  • बुधबार, जेष्ठ ११, २०७९
बारामा करेन्ट लागेर एक जनाको मृत्यु

वीरगञ्ज — बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवताल गाउँपालिका-३ का ४० वर्षका रामप्रवेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी घरमा जडान गरेको पानी तान्ने विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर महतो घाइते भएका थिए ।

उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा साढे ७ बजे नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार