शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • बुधबार, जेष्ठ ११, २०७९
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

भक्तपुर र झापाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ स्थित सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबजार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थानसहित फेला पारी पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार