शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • कैलालीमा गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते

कैलालीमा गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते

  • सोमवार, जेष्ठ ९, २०७९
कैलालीमा गुडिरहेको बस नालीमा खस्यो, ४ जना घाइते

धनगढी — कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो।

प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुलाई घोडाघोडी अस्पताल लगिएको छ।

चर्चामा

सम्बन्धित समाचार