बाजुरा — स्थानिय तह निर्बाचान २०७९ को मतपरिणम अनुसार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजबादी पार्टी २ वडा सदस्यमै सिमित भएको छ । नौ ओटा स्थानिय तहका ६९ वडाको निर्बाचान हुदा बुढिगगाकाे मतपरिणाम नतिजा नअाएकाे भए पनि बाकी ८ पालिकाका ५९ वडामा नेकपा एकिकृत समाजबादी पार्टी दुई वडा सदस्यमै सिमित भएको छ । बुढिगगा बाहेकका सबै वडाकाे मतगणना सकिएकाे छ । निर्बाचन आयोगका अनुसार जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ को खुला सदस्य र दलित महिला सदस्यमा मात्रै जितेको देखाएको छ ।
नेकपा एकिकृत समाजबादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडा न २ को खुला सदस्यमा कृष्ण नाथ र दलित महिला सदस्यमा रामु ल्वार बिजयी भएका छन ।
नेकपा एकिकृत समाजबादी पार्टीको बाहुल्यता भएको भनिएको स्वामिकार्तिक खापर गाउँपालिकामा एक सदस्य समेत जित्न सकेको छैन । चुनाव अगाडी नेकपा एकिकृत समाजबादीले स्वामिकार्तिक खापर गाउँपालिकामा मात्रै २ हजार भन्दा बढि मतदाता रहेको दाबी गरेको भए पनि सो पालिकामा एक सदस्य समेत निर्बाचित नभएको पाईएको छ ।