• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा २८ जना स्वतन्त्र उम्मेदवार, ९ जना बने जनप्रतिनीधी

बाजुरामा २८ जना स्वतन्त्र उम्मेदवार, ९ जना बने जनप्रतिनीधी

  • सोमवार, जेष्ठ ९, २०७९
बाजुरामा २८ जना स्वतन्त्र उम्मेदवार,  ९ जना बने जनप्रतिनीधी

बाजुरा — स्थानिय तहको निर्बाचान २०७९ मा बाजुराबाट २८ जनाले बिभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा ९ जना बिभिन्न पार्टीको सर्मथन पाएर जनप्रतिनिधी समेत बनेका छन ।
जिल्लाको बुढिनन्दा नगरपालिकाको उप प्रमुखमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार राम बहादुर बोहरा बिजयी भएका छन । उनले नेकपा एमालेको सर्मथन पाएका थिए । त्यसै गरी खप्तड छेडेदह गाउँपालिकामा वडा न ४ मा पनि ४ जना सदस्यमा बिजयी भएर जनप्रतिनिधी बनेका छन । वडा न ४ को खुला सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका भीम बहादुर धामी र शेर बहादुर धामी, महिला सदस्य धर्मा कुमारी बुढा र दलित महिला सदस्या बुगटी मिजार पनि बिजयी भएका छन ।
त्यसै गरी नेपाली काँग्रेसको समर्थनमा त्रिबेणी नगरपालिका ४ जना बिजयी भएका छन । बिजयी हुनेमा त्रिबेणी नगरपालिका वडा न १ को महिला सदस्य कमला देवी बुढा, वडा न ४ को महिला सदस्यमा मिनादेबी मिजार, वडा न १ मा खुला सदस्यमा प्रकाश बहादुर बुढा र वडा न १ कै दलित महिला सदस्य पारे ल्वार बिजयी भएका छन ।
त्यसै गरी १९ जना स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु पराजित भएका छन । पराजित हुनेमा बुढिनन्दा नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएका बिर बहादुर रोकाया, हिमाली गाउँपालिकाको अध्यक्षका उम्मेदवार गोरख शार्की, हिमाली गाउँपालिकाकै वडा न ६ मा वडा अध्यक्षका उम्मेदवार पुणर्लाल पाण्डे सोही वडाकी दलित महिला सदस्य बबिता चदारा पराजित भएका छन ।
त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनेमा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका बिमल बहादुर शाही, उपाअध्यक्षका उम्मेदवार बिरसिगें विक, वडा न १ को वडा अध्यक्षका उम्मेदवार प्रदिपे कामी, वडा न ३ का वडा अध्यक्षका उम्मेदवार उत्तम कुमार शाही रहेका छन ।
सोही गाउँपालिका वडा न १ मा खुला सदस्यका उम्मेदवार प्रवल रोकाया, भिम ल्वार र धनराज कामी पनी पराजीत भएका छन । जगन्नाथ गाउँपालिकाकाको उपाअध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका जयसुर बिष्ट र वडा ४ को वडा अध्यक्षमा उम्मेदवारी दिएका अंगराज भण्डारी पनि पराजित भएका छन ।
स्वतन्त्रबाट त्रिबेणी नगरपालिकामा ४ जना उम्मेदवार पराजित भएका छन । पराजित हुनेमा वडा न ७ को वडा अध्यक्षका उम्मेदवार भरत शाह, वडा न ८ को वडाअध्यक्षका उम्मेदवार मान बहादुर थापा र वडा न ९ को वडा अध्यक्षमा उम्मेदवारी दिएका भक्त बहादुर थापा रहेका छन । त्यसै गरी सोही नगरपालिका वडा न ७ को वडा सदस्यका उम्मेदवार दाने अएडी र कर ल्वार पनि पराजित भएका छन । गौमुल गाउँपालिका वडा न ६ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी सोनु रोकाया पनि पराजित भएकी छन ।

चर्चामा

सम्बन्धित समाचार