शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना, चारको मृत्यु

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना, चारको मृत्यु

  • आइतवार, जेष्ठ ८, २०७९
मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना, चारको मृत्यु

वाग्मती — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च २३१५ नंको जीप शनिबार साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ। आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ। मृतक चारजना पुरुष रहेका छन्।

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ पठाइएको छ। घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार