शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

  • शनिबार, जेष्ठ ७, २०७९
बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

कञ्चनपुर — कञ्चनपुरमा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ। जिल्लाको कृष्णपुर–४ साहारानगरकी एक महिलालाई बोक्सीको आरोपमा उनकै देवर गणेश विकले कुटपटि गरेका हुन्।

बाँसले टाउकोमा हिर्काएको र कुटपिट गरेको पीडित महिलाले बताएकी छिन्। माइती देउताको बोक्सी लगाएको भन्दै विगतदेखिनै आफूमाथि कुटपिट गरिएको उनले बताएकी छिन्।

उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार ठाडो उजुरीका आधारमा गणेश विकलाई इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार