शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • पत्रकारमाथि आक्रमण गर्ने २ जना पक्राउ

पत्रकारमाथि आक्रमण गर्ने २ जना पक्राउ

  • शनिबार, जेष्ठ ७, २०७९
पत्रकारमाथि आक्रमण गर्ने २ जना पक्राउ

धनगढी — कञ्चनपुरका पत्रकार कैलाश जोशीमाथी आक्रमण गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका कपील चन्द र राजेश चन्दलाई रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यस्तै आरोपितमध्ये रोशन पाल लगायतका अन्य फरार रहेका छन्। फरार र पक्राउ परेकाहरुमाथि प्रहरीमा अभद्र व्यहारको मुद्दा दर्ता भएको छ। फरार रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

रेडियो राष्ट्रियमा कार्यरत पत्रकार जोशीमाथी गत सोमबार बेलुका भीमदत्त नगरपालिका–६ ऐठपुरमा आक्रमण भएको थियो।

चर्चामा

सम्बन्धित समाचार