शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाज
  • सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

  • शनिबार, जेष्ठ ७, २०७९
सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

तनहुँ — सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

            बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।  उनी उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार