• होमपेज
  • समाचार
  • कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • शनिबार, जेष्ठ ७, २०७९
कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

धनगढी — कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट धनगढी तर्फ आइरहेको से १ च ४४८ नम्बरको जिजले म२प६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनी व्यारेक नजिक गंगलमा ठक्कर दिएको हो।

दुर्घटनामा बेदकोट नगरपालिका ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम घाइते भएका थिए। उनको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार