• होमपेज
  • समाचार
  • बैतडीको सिगासमा कांग्रेसको विजयी भोजमा झडप

बैतडीको सिगासमा कांग्रेसको विजयी भोजमा झडप

  • शुक्रबार, जेष्ठ ६, २०७९
बैतडीको सिगासमा कांग्रेसको विजयी भोजमा झडप

धनगढी — बैतडीको सिगासमा वडाध्यक्षको विजयी भोजमा लफडा भएको छ। सिगास गाउँपालिकाको वडानम्बर-९ स्थित गन्सुरमा लफडा भएको हो।

एक प्रत्यक्षदर्शीका अनुसार हालै निर्वाचित वडाध्यक्ष कृष्णसिंह धामीसहित सदस्यहरुको विजयी भोजमा दुई समूहबीच झडप भएको हो। मदिरा सेवन गरेका नेता, कार्यर्ता र स्थानीयबीच विवाद भएपछि झडपको अवस्था पैदा भएको थियो।

विवाद भएपछि पूर्व वडा सदस्य तथा कांग्रेसका स्थानीय नेता टेक विश्वकर्मा र उनका भाइहरुले चन्द्र बिक लगायतका स्थानीयमाथि कुटपिट गरेको उनका आफन्तले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार