बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सुदूरपश्चिममा मत परिणाम आउन १३ पालिका बाँकी, हेर्नुस् कसको कहाँ अग्रता

सुदूरपश्चिममा मत परिणाम आउन १३ पालिका बाँकी, हेर्नुस् कसको कहाँ अग्रता

  • बिहिबार, जेष्ठ ५, २०७९
सुदूरपश्चिममा मत परिणाम आउन १३ पालिका बाँकी, हेर्नुस् कसको कहाँ अग्रता

धनगढी — स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रस्थानमा रहेको छ।
उक्त पार्टीले ३४ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ।

प्रदेशमा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले २/२ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अब प्रदेशका एक उपमहानगरपालिका एक गाउँपालिका र ११ नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ।

नतिजा आउन बाँकी
१) कैलालीको धनगढी उपमहानगरपालिका– स्वतन्त्रको अग्रता
२) कैलालीको गौरीगंगा नगरपालिका– माओवादी केन्द्रको अग्रता
३) कैलालीको जानकी गाउँपालिका– नागरिक उन्मुक्ति पार्टीको अग्रता
४) कैलालीको लम्कीचुहा नगरपालिका– काँग्रेसको अग्रता
५) कैलालीको भजनी नगरपालिका– नागरिक उन्मुक्ति पार्टीको अग्रता
६) अछामको पञ्चदेवल विनायक नगरपालिका– काँग्रेसको अग्रता
७) अछामको साँफेबगर नगरपालिका– केही केन्द्रमा मतदान गर्न बाँकी
८) कञ्चनपुरको पुनर्वास नगरपालिका– काँग्रेसको अग्रता
९) कञ्चनपुरको भीमदत्त नगरपालिका– काँग्रेसको अग्रता
१०) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– एमालेको अग्रता
११) कञ्चनपुरको कृष्णपुर नगरपालिका– एमालेको अग्रता
१२) बाजुराको बुढीगंगा नगरपालिका– मतगणना सुरु गर्नै बाँकी
१३) बाजुराको बुढीनन्दा नगरपालिका– एमालेको अग्रता

चर्चामा

सम्बन्धित समाचार