सुरेशकुमार पान्डे — हामि नेपाली नागरिकहरूले कुन दुश्मन कुन मित्र भनेर बुझ्न अंझै बांकीनैछ।हामि एउटै आमाका शन्तानहौं बिचारमा हामिले आफ्नो जमिन सँग गएकालाई समेत एउटै परिवार मान्छौं तर आफ्नै घरमा आफु जस्तै श्रमजिविलाई दुश्मन ठांन्छौँ।आ आफ्नो सोंचलाई फराकिलो बनाउँ र गहिरिएर अध्यान गरौं।
राजनीतिक भनेको र समाज भनेको फरकफरक बिषयहो राजनीति भनेको त हाम्रो समाजलाई कता डोराएपछि देश बलियो हुन्छ जनतामा मित्रता बनिरहन्छ बिदेशीहरूले हस्तक्षेप गर्न पाउँदैनन् देश आत्मनिर्भर बन्छ आदी बिषयलाई लिएर गहन अध्यान र एउटा निचोड यस्तो हुन्छ भन्नेनैहो।
त्यसपछि हाम्रो भाईचारा सदभाव पारिवारिक सम्बन्ध पनि छंदैछ।त्यो सबथोक हुंदा हुंदैपनि हामी आपसमा लड्ने गर्छौं किन?यसबारेमा हामिले यो लेखमा सटिकमा चर्चा गर्ने प्रयात्न गर्नेछौं।
हामिलाई राजनीतिक बारे जानकारी नहुँदा स्वार्थि नेताहरूले त्यो दुश्मनहो त्यसलाई ठोक भनेपछि त्यो दोशिहो होइन भन्नेबारे छानबिन नगरेर उसलाई ठोक्नु त्यो अतिभुतवादी दृष्टिकोणको परिणाम आफु जस्तै श्रमजिवि जनता सँग हामि लड्दै भिड्दै आयौँ।हाम्रो मानसिकता अहिले पनि दाश र शामन्ति प्रकारकोछ।हामिलाई लाग्छ नेताले भनेको सतप्रतिसत ठिकछ तर त्यही नेतामा सामन्ति रूझान पनि हुनसक्छ भन्नेबारे सोंच्न हकिदैन।
हामी केका लागी के प्राप्त गर्न लडेकाछौं त्यो पनि थाहाछैन।त्यसो हुनुको पछाडी हाम्रो भित्र देशभक्ति भावनाको बिकास नहुंनु र देशका जनतालाई नागरिक नसम्झिएर दुश्मन सम्झिने मनोवृतिको बिकाश भयकोले सधैभरी त्यसो हुन्छ।हामीले राणाहरूको दमन झेल्यौं र राजाहरूको दमनपनि झेल्यौँ त्यसले गर्दा राजाहरू सबैलाई एउटै घानमा हाल्यौं कुन राजाले देशको भलोगय्रो त्यसबारे अध्यायननै गर्न चाहेनौ त्यही भयर पछिल्लो बर्षहरूमा भन्दा बिगतका केही बर्ष देखि पृथ्वीनारयणाको बारेमा अध्यायन गर्न थालेकाछन।दलितहरूले सबै क्षेत्रि बाहुँनलाए एकनास ठानेर सबैलाई एकैनासको ब्यबहार गर्नु जस्तै यो पनिहो।जसलाई आफु भयको पार्टी वा आफ्नो बिस्वासिलो नेतालाई दुश्मन भन्यौ कार्यक्रता वा समर्थक समेतले उस्लाई दुश्मन देख्यो।आ आफ्नो बुद्धी र विवेको प्रयोग गर्न नसक्ने अबस्थामा आर्काले जे भन्छ त्यही गरिन्छ।अब एक पटक दुश्मन भनिसकेपछि त्यो सधैको लागी दुश्मन हुने मनोबृतिले घर जमाएपछि अब के गर्ने?त्यो दुश्मन सधैका लागी हो भने त उस्को मृत्यु कि आफ्नो मृत्यु बिना समस्याको समाधाननै हुंनेभैन।यो गलत राजनीतिले न त देशको भलो हुन्छ न जनताको।
परिपक्क राजनीति भनेको परिस्थितिको गहन अध्यायन गरेर कुन समय अबधि सम्मका लागी वा कुनवेला कुन मित्र र कुनवेला कुन दुश्मनको कट्घेराभित्र शुरक्षित राख्नेहो त्यसबारे बुझ्ने बिष्लेषणगर्न सक्नुपर्छ र ठोंस कार्यक्रम बनाउँन सक्नुपर्छ।राजनीतिक दुश्मनको अर्थ बैचारिक मतभेदहो भौतिक मतभेदहोइन।
हामिले यो देशलाई अखण्ड राख्न र देशका जनतालाई शुरक्षित राख्न कुन नीति प्रयोग गर्ने भनेर बनेका गुटनै राजनीति पार्टीहरू हुन।उनिहरू सँग हामिले राजनीतिक प्रतिसप्रधा गर्नुपर्ने हुन्छ।कसैको ज्यान लिने भौतिक कार्वाही गर्ने र धम्काउँने जस्ता कृयाकलाप भनेको त एकप्रकारको अप्राधनैहो।हामिले बर्ग शंघर्षको राजनीतिक गरेपनि कुन कुन पार्टी भित्र भएका जनता हाम्रा बर्ग दुश्मन अथवा शोषक हुँन?किटाण गर्न कसैले पनि सकिंदैन किन कि सबै पार्टीभित्र गरिब किसान र श्रमजिविहरू हुन्छन त्यसकारणले उनिहरूसँग हाम्रो सम्बन्ध मैत्रिपुर्ण हुनुपर्छ हामिले पहिलैई किटान गरिसकेकाछौं हाम्रो दुश्मन भनेको मुट्ठिभर बिदेशीका दलाल हुन।
तर अब हामिले भन्नु पर्दा राजा कतिवेला जनताको दुश्मन हुन्छ र कतिवेला त्यो मित्र शक्ति हुनसक्छ?उस्ले जनताको शोशण गर्ने भयकोले राजतन्त्र गणतन्त्रको दुश्मन शक्तिनै हो किन की उन्को साशन ब्यबस्था जनबिरोधी हुन्छ निर्दलिए हुन्छ जसले जन अधिकार कुण्ठित गर्छ त्यो वेला राजतन्त्र जनताको दुश्मन शक्तिहो।त्यही प्रकारले त्यो बिदेशीको हस्तक्षेपको बिरोधमा जनता र देशको हितमा अगाडी आयो भने त्यो वेला मित्रशक्ति पनि हुनसक्छ।हामिले बुझ्नै पर्नेकुरा केहो भने हाम्रो दुश्मन भनेको ब्याक्तिहोइन बिचारहो।हिंजो पार्टीले कांग्रेसलाई दुश्मन भन्नु उस्को चरित्रहो तर गणतन्त्रलाई खतरा आई परेको वेला उ गणतन्त्रको पक्षमा हुने भयकोले त्यो गणतन्त्रको मित्रशक्तिहो त्यसकारणले हाम्रो लडाई भनेको बिचारको लडाईहो।कसैलाई भौतिक कार्वाही गर्ने लडाई होइन हामि सबै देशवासी एउटै शन्तानहौँ।ए माले लाई हामिले बर्ग मित्र ठान्छौँ तर अहिले गत बर्ष पुषको पांच गते बाट उन्ले अप्नाएको ब्यबहारले उनि प्रतिगामी हुन भन्नेकुरा प्रामाणित भयपछि उनि गणतन्त्रको हितमा छैनन् त्यसकारणले उनि मित्र हुंदाहुंदैपनि उन्को बिचार र ब्यबहारको बिरूद्धमा सम्झौताहिन शंघर्षश गर्नुपर्दछ।हामिले एकता शंघर्षश र एकताको नीति अप्नाएकाछौं कांग्रेस पार्टी सँग शंघर्षश एकता र शंघर्षको नीति अप्नाएकाछौँ।कुन वेला कुनपार्टी सँग एकता र कुन सँग शंघर्षको नीति अप्नाउँनु पर्छ भन्ने बारे उक्त पार्टीको कार्यकार्यप्रणालिमा निर्धारित हुन्छ।
साथिहरूले राजनीतिक गर्दा उपरोक्त बिचारलाई आफ्नो मन मष्तिकमा बलिएरी जमाउँनुस भोलिका दिनहरूमा काम लाग्छ।फरक यत्तिहो देशको अबस्था र पार्टीहरूले अप्नाएको ब्यबहारको मुल्याङ्कन गर्ने आफ्नो क्षामता हुनुपर्छ।झुठलाई सच्चाई साबित गर्न लामा लामा लेख लेखेर वा घण्टौं मञ्चमा भासन गरेपनि झुठ झुठनै हुन्छ सच सचनै हुन्छ।अंध्यारोलाई चिर्न एउटा सानो दियोनै काफी हुन्छ।यही कुरालाई बुझेर मित्र शक्ति र दुश्मन शक्तिको बारेमा चिन्न सकिनेछ।