शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतले बुझे मतपेटिका

बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतले बुझे मतपेटिका

  • शनिबार, बैशाख ३१, २०७९
बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतले बुझे मतपेटिका

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिका स्थित निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले निर्वाचनमा तोकिएको जिम्मेवारीबाट पन्छीएको जानकारी गराएका भए पनि २४ घण्टा पछि मतपेटिका बुझेका छन् । निर्वाचन आयोगमा राजिनामा पठाएका निर्बाचन अधिकृत साप्कोटाले मतदान भएको २४ घण्टापटि मत पेटिका बुझेको जनाएको छ ।
आफु असुरक्षित रहेको भन्दै मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको भन्दै राजिनामा दिएका थिए । राजिनामा स्वीकृत भए नभएको जानकारी हुन सकेको छैन । आफु असुरक्षित हुनुका साथै हुलहुज्जत हुनसक्ने भन्दै उनले राजिनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।

चर्चामा

सम्बन्धित समाचार