अर्थ जङ शाही/ बझाङ — बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा बिपक्ष टोली बम राख्न सफल भएको छ। गएराती जयपृथ्वी नगरपालिकाको नारायण माध्यमिक बिद्यालय मतदान केन्द्र पीमामा कुकुर बम फेला परेकाे हाे ।
उक्त बम सेनाद्वारा डिस्पोज गरिएकाे छ । बिहाना १० बजे बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।
मतदान स्थल भित्रै ३ कुकुर बम राख्दा सम्म कता गयो प्रहरी प्रशासन स्थानिय ब्यक्तिहरुको प्रश्न रहेको छ। अहिले पनि जयपृथ्वी नगरपालिका मा सहज ढङ्गले मतदाताहरुले मत हाल्न नपाएको गुनासो रहेको छ।