शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

  • शुक्रबार, बैशाख ३०, २०७९
स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जा–स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।

घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार