शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • चन्द्रमाको माटोबाट अक्सिजन बनाउने चीनको योजना

चन्द्रमाको माटोबाट अक्सिजन बनाउने चीनको योजना

  • बिहिबार, बैशाख २९, २०७९
चन्द्रमाको माटोबाट अक्सिजन बनाउने चीनको योजना

मानिस चन्द्रमामा धेरै दिनसम्म बस्न सकोस् भन्नका लागि चीनले तयारी सुरु गरेको छ । चीनको नानजिङ विश्वविद्यालयका शोधकर्ताहरूको एक टिमले चन्द्रमाको माटोबाट अक्सिजन बनाउने योजना अगाडि सारेको छ ।

शोधकर्ताहरुका अनसार चन्द्रमाको माटोको प्रयोग गरेर चन्द्रमामा लामो समयसम्म बस्न सकिन्छ । किनकि चन्द्रमाको माटोबाट अक्सिजन तथा इन्धन जस्ता संशाधन उत्पादन गर्न सकिन्छ ।

सन् २०२१ को चिनिया चन्द्र मिसन चांग इ फाइभका क्रममा संकलन गरिएको माटो तथा चट्टानको नमूना विश्लेषण गरी वैज्ञानिकहरूले जूल नामक जर्नलमा आफ्नो प्रकाशित गरेका छन् । रिपोर्टअनुसार उक्त मिसन चन्द्रमाबाट माटो ल्याउने ४० वर्षपछिको पहिलो मिसन हो ।

वैज्ञानिकहरूको उक्त अन्तर्राष्ट्रिय टिमले चन्द्रमाको माटोको ताजा नमूना अध्ययन गरी उक्त माटोको उमेरसमेत पत्ता लगाएका छन् । उनीहरूका अनुसार चन्द्रमाको उक्त संकलित माटो एक अर्ब ९७ करोड वर्ष पुरानो हो ।

वैज्ञानिकहरूले आफ्नो शोधका क्रममा चन्द्रमाको माटोबाट कार्वनडाइअक्साइड बनाएका छन् र त्यसलाई अन्य संशासनमा परिवर्तन समेत गरेका छन् । चन्द्रमामा जबसम्म ठूलो परिमाणमा यस्तो भैरहन्छ त्यसबेला चन्द्रमाको माटोले चन्द्रमा तथा तत् पश्चात् हुने मिसनहरुका लागि सुविधा दिइरहन्छ ।

शोधकर्ताहरूका अनुसार चांग इ ५ मिसनबाट संकलित माटोमा चन्द्रमामा सौर्य ऊर्जा परिवर्तन गर्नसक्ने क्षमता छ । त्यसलाई एक्स्ट्राटेरेस्ट्रियल फोटोसिन्थेटिक क्याटालिस्ट भनिन्छ ।

फोटो भोल्टिक डि्रभन इलेक्ट्रोक्याटालिस्ट, फोटोक्याटालिस्ट तथा फोटोथर्मल क्याटालिस्टको रुपमा चन्द्रमाको माटोको नमूनाको क्रियाशीलताको मूल्यांकन गरी सौर्य ऊर्जा, पानी तथा चन्द्रमाको माटोबाट पूर्ण जल विभाजन तथा कार्वनडाइअक्साइड कन्भर्सन गर्न सकिन्छ । योसँगै चन्द्रमामा जिवनका लागि आवश्यक सबै चिजहरु प्राप्त गर्न सकिने दाबी वैज्ञानिकको छ ।

यसप्रकार चीनले चन्द्रमामा Extraterrestrial Photosynthesis Pathway बनाउने योजना अघि सारेको छ । यस्तो भएमा पृथ्वी बाहिर पनि बाह्य ऊर्जा खपत विना (zero energy consumption)जिवन जिउन सम्भव हुनेछ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार